कपिलवस्तुकी ७० वर्षीया महिलाको कोरोनाले मृत्यु
कोरोना सङ्क्रमणका कारण उपचाररत कपिलवस्तुकी ७० वर्षीया महिलाको बुटवलमा आज ज्यान गएको छ ।
कृष्णनगर नगरपालिका वडा नं। ११ की ७० वर्षीया महिलाको ज्यान गएको कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
भदौ ७ गते उनलाई कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि बुटवलमा रहेको प्रादेशिक अस्पतालमा लगिएको थियो ।
स्वास प्रश्वासमा समस्या देखिएपछि उनको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो ।
उपचारकै क्रममा आज बिहान सवा ९ बजे उनको ज्यान गएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।
मृतक महिलामा ज्वरो, स्वास–प्रश्वास समस्या र उच्च रक्त रक्तचापको समस्या रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
१७ भदौ २०७७, बुधवार १५:३३ बजे प्रकाशित





