भरतपुर अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

भरतपुर अस्पतालमा आज थप एकजनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका ६ का ७८ वर्षीय एक पुरुषको आज बिहान ७ बजेर २० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका कोभिड १९ क्लिनिकल संयोजक प्रमोद पौडेलका अनुसार उनी भदौ ६ गते उपचारका लागि भरतपुर अस्पताल आएका थिए ।

तर, उनको भदौ २ गते नै कोरोना पुष्टि भएको थियो । ती पुरुष उच्च रक्तचापलगायत अन्य रोगबाट समेत ग्रसित भएको पौडेलले जानकारी दिए ।

उनको कोभिड सघन कक्ष ९आईसीयू० मा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुने चितवनका मात्रै ६ जना पुगेका छन् ।

१५ भदौ २०७७, सोमवार ०९:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु