कोरोना संक्रमित निको पार्न नाकबाट दिइने खोपको विकास अध्ययन

 

कोरोना भाइरस संक्रमणको महामारीले सिंगो विश्वलाई आक्रान्त पारिरहंदा यसविरुद्धको खोप विकास भएका थुप्रै समाचारहरु पनि आइरहेका छन । यो क्रममा कतिपय मुलुकहरुबीच प्रतिस्पर्धा पनि चलेको छ ।

यसैबीच अमेरिकी वैज्ञानिकहरुले नयाँ खालको खोप विकास गरेको दावी गरेका छन । नाकबाट दिइने यो खोपको नाम  राखिएको छ ।

मानव शरीरमा नाक र मुखबाट कोरोना संक्रमणको सम्भावना तुलनात्मक रुपमा बढी हुने भएकाले यो खोप अधिक प्रभावकारी हुने वैज्ञानिकहरुले दावी गरेका छन ।

मुसामा परीक्षण गरिएको यो खोप सफल भएको उनीहरुको भनाई छ । वासिंगटन युनिभर्सिटी स्कुल अफ मेडिसिनका वैज्ञानिकहरुले  खोपको विकास गरेका हुन ।

यो खोपलाई मुसामा परीक्षण गर्दा मुसाको रोगप्रतिरोधी क्षमतामा बृद्धि भएको र कोरोना भाइरससंग लड्ने न्युट्रिलाईजिङ एन्टीबडीज पनि बृद्धि भएको वैज्ञानिकहरुले बताएका छन ।

यो खोपका कारण नाक र श्वास नलीमा निकै फाइदा पुगेको नतिजा पनि वैज्ञानिकहरुले फेला पारे । वासिंगटन युनिभर्सिटी स्कुल अफ मेडिसिनका वैज्ञानिक माइकल एस डायमण्डका अनुसार मुसामा कोरोना संक्रमण रोक्न यो खोप प्रभावकारी सावित भएको छ ।

उनले भने, “यो भ्याक्सिन दिंदा नाकको माथिल्लो भागदेखि नै ईम्युनिटी पावरको विकास भयो । फलस्वरुप यसले भाइरसको प्रवेश हुन दिएन ।”

डायमण्डका अनुसार यो खोपले फोक्सोमा हुने संक्रमण, आन्तरिक अंगहरु सुन्निने र कोरोना भाइरसबाट हुने अन्य विविध खाले समस्याहरु उत्पन्न हुन दिंदैन ।

उनका अनुसार कोरोना भाइरसबाट सुरक्षित राख्न र संक्रमण फैलिन नदिन  खोप प्रभावकारी देखिएको छ ।

यो खोपले कोरोना संक्रमित मुसाहरुलाई च्वाट्टै निको बनाएको र पुनः कोरोना भाइरसको संक्रमण गराउँदा पनि संक्रमण हुन नसकेको तथ्य वैज्ञानिकहरुले अनुशन्धानबाट पत्ता लगाए ।

यो खोपको परीक्षण अन्य जनवारमा पनि गर्ने वैज्ञानिकहरुले बताएका छन । अहिलेसम्मका सबै परीक्षणहरु सफल भएका कारण ऋजब्म क्ब्च्ऋ(ऋयख्(द्द खोप कोरोना भाइरस संक्रमणलाई निर्मुल पार्न उपयुक्त सावित हुने विश्वास अनुशन्धानमा संलग्न वैज्ञानिकहरुले गरेका छन ।

१० भदौ २०७७, बुधवार १५:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु