नेपालमा कोभिड १९ का बिरामीमा प्लाज्मा थेरापी प्रभावकारी 

नेपालमा कोभिड १९ का बिरामीमा प्लाज्मा थेरापी प्रभावकारी

कोभिड १९ का बिरामीलाई प्लाज्मा थेरापीका लागि रक्तदाता चाहियो भन्दै नेपालमा केही दिनयता सामाजिक सञ्जालहरूमा मानिसहरूले अनुरोध गर्ने गरेको देखिएको छ।

कोरोनाभाइरस सङ्क्रमित केही व्यक्ति उक्त विधिबाट उपचार गराई निको भएपछि प्लाज्मा थेरापीबारे विभिन्न चर्चापरिचर्चा शुरू भएको छ।

कोरोनाभाइरविरुद्ध खोपको विकास भइनसकेको पृष्ठभूमिमा कोभिड १९ का गम्भीर बिरामीलाई यो विधिबाट गरिने उपचार उपयुक्त विकल्प हुनसक्ने कतिपयले तर्क गर्ने गरेका छन्।

तर कतिपय विशेषज्ञ चिकित्सकहरू कोरोनाभाइस सङ्क्रमित जोकोहीको हकमा पनि प्लाज्मा थेरापी प्रभावकारी सिद्ध भइसकेको भन्ने निष्कर्ष निकाल्न अहिले हतार हुने बताउँछन्।

भाइरोलोजिस्ट डा। लुना भट्ट शर्माका अनुसार कन्भालेसेन्ट प्लाज्मा थेरापी एक प्रकारको  प्यासिभ एन्टीबडी थेरापी हो ।

प्यासिभ एन्टीबडी थेरापी भनेको एक व्यक्तिमा बनिसकेको एन्टीबडी अर्को व्यक्तिलाई दिनु हो। अरू रोगमा पनि तत्काल उपचार गर्ने क्रममा यो विधि अपनाइन्छ।

नेपालमा कोभिड(१९ का बिरामीमा डेक्सामेथासोन प्रयोगको सम्भावना के छ?

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‌का सदस्य सचिव डा। प्रदीप ज्ञवालीका अनुसार निको भएका व्यक्तिबाट एन्टीबडी झिकेर आईसीयूमा बस्नुपर्ने र गम्भीर प्रकृतिका बिरामीलाई दिइन्छ।

सरल भाषामा भन्नुपर्दा यो एक व्यक्तिबाट अर्को व्यक्तिमा रगत दिइने जस्तै हो, उनी थप्छन्।

डा। ज्ञवालीका अनुसार नेपालमा शुक्रवारसम्म १५/१६ जना कोभिड १९ का बिरामीको यो विधिबाट उपचार गरिएको छ।

त्रिवि शिक्षण अस्पतालको कोभिड व्यवस्थापन समितिका संयोजक डा। सन्तकुमार दासका अनुसार अहिलेसम्म त्यहाँ तीन जनाको उक्त विधिबाट उपचार गरिएको छ।

हामीले उपचार गरेकामध्ये दुईजना निको भएर घर गइसक्नुभएको छ भने एकजना अझै उपचाररत हुनुहुन्छ, उनले बीबीसी न्यूज नेपालीसित भने।

प्लाज्मा थेरापीका लागि रगत दान गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र आफूहरूले पनि दाताहरूलाई बेलाबेला अनुरोध गर्ने गरेको डा। ज्ञवाली बताउँछन्।

कतिपय मान्छेले दाता जुटाइदिन मलाई पनि व्यक्तिगत रूपमा अनुरोध गर्नुभएको छ भने कतिपयले हाम्रो टोलीलाई सम्पर्क गर्ने गर्नुभएको छ।

तर रक्तसञ्चार विशेषज्ञ डा। विपिन नेपाल दाता खोज्न निकै समस्या भइरहेको अनुभव सुनाउँछन्।

मलाई नै एक दिनमा १२/१५ वटा आग्रह आइरहेको हुन्छ। दाताहरूबारे विवरण खोज्न नै गाह्रो भइरहेको छ।

यसमा राज्यकै निकायले शुरू गरिदिए सहज हुन्थ्यो। रेडक्रसजस्ता संस्थाले पनि पहलकदमी लिइदिए हुन्थ्यो। कोभिड(१९ का सयजना गम्भीर बिरामीमध्ये १० जनालाई पनि यो विधिबाट बचाउन सकियो भने राम्रै हुन्छ नि,उनले थपे।

कोभिड(१९ का सबै गम्भीर बिरामीमा प्लाज्मा थेरापी कत्तिको प्रभावकारी हुन्छ भन्नलाई अध्ययनहरूको नतिजा कुर्नुपर्ने विज्ञहरू बताउँछन्।

अहिलेसम्म १५(१६ जनाको उपचार भएको छ। कम्तीमा ३० जना पुगेपछि हामीले विश्लेषण गर्ने भनेका छौँ। त्यसपछि केही भन्न सकिन्छ किरु,ज्ञवालीले भने।

भाइरोलोजिस्ट डा। लुना भट्ट शर्मा पनि कन्भालेसेन्ट प्लाज्मा थेरापी अहिले परीक्षणकै क्रममा रहेको बताउँछिन्।

प्रभावकारिताबारे अहिले नै निष्कर्ष दिन नसकिने बताउँदै उनले भनिन्, कुनैकुनै एन्टीबडी एन्टीबडी डिपेन्डेट एन्ह्यान्समेन्टु अर्थात् भाइरसलाई न्युट्रालाइज नगरी उल्टै अर्को कोषभित्र छिराउन मद्दत गर्ने हुन्छ।

रक्तसञ्चार विशेषज्ञ डा। विपिन नेपाल पनि प्लाज्मा थेरापी क्लिनिकल ट्रायलकै क्रममा रहेको स्वीकार्छन्।

तर खोपको विकास भइनसकेको अवस्था र कोरोनाभाइरस सङ्क्रमितको उपचारमा अन्य औषधिहरूको प्रयोगलाई हेर्दा यसको राम्रै नतिजा देखिएको छ, उनी थप्छन्।

७ भदौ २०७७, आइतवार १०:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु