मीन भामको ‘चिसो वर्षु’को स्क्रिप्टले पायो एक करोडको पुरस्कार
काठमाडौँ -निर्देशक मीन भामको चिसो वर्षुको स्क्रिप्टलाई टुवेल्फ पुन्टो स्क्रिप्ट ल्याबुले ७५ हजार युरोको पुरस्कार दिएको छ । छनोटमा परेको १२ स्क्रिप्टमध्ये तीन वटालाई पुरस्कार दिँदा मीनले पनि झण्डै १ करोड ३ लाख रुपैयाँ बराबरको रकम प्राप्त गरेका हुन् ।
शनिबार राति मात्रै मीनले पुरस्कारबारे थाहा पाएका हुन् । उनका टर्किस निर्माताहरुले यो पुरस्कार थापेका हुन् ।
जुन १६ मा आयोजक संस्थाले निर्मातालाई अवार्ड कार्यक्रममा भेला हुन बोलाउँदा नै उनले भेउ पाइसकेका थिए ।
तीन महिनाअगाडि टर्किस निर्माताले नै उनलाई यो प्रतिस्पर्धामा आवेदन दिन हौसला दिएका थिए । मीनले लेख्दै गरेको फिल्मको स्क्रिप्ट आफ्नो निर्मातालाई बुझाएका थिए । निर्माताले नै उक्त स्क्रिप्ट ल्याबमा पठाएको उनले बताए । १२ पुन्टो स्क्रिप्ट ल्याबले हरेक वर्ष उत्कृष्ट स्क्रिप्टलाई पुरस्कार दिने गर्दछ । निर्देशक निर्मातालाई बोलाएर वर्कसप गर्थ्यो । तर लकडाउनले गर्दा कसैलाई बोलाएन,ु उनले भने ।
२ महिना अगाडि मात्रै मीनले यही स्क्रिप्टका लागि जर्मनीको ुब्रेड फर द वर्ल्ड २०२०ुबाट २७ लाख रुपैयाँ प्राप्त गरेका थिए । लकडाउन सुरु हुनुअघि उनले आवेदन दिएका थिए ।
ुचिसो वर्षु नेपालको हिमाली भेगमा कायम रहेको बहुपति प्रथामाथिको कथा भएको निर्देशक भामले बताए । ुअप्रिलदेखि फिल्मको छायांकनमा जाने तयारीमा थिएँ तर लकडाउनले गर्दा एक वर्ष पर धकेलिएको छ,ुउनले भने ।
भाम यतिबेला स्क्रिप्टको पुनर्लेखन गर्दैछन् । चिसो वर्षुको स्क्रिप्ट यसअघि २० पटक पुनर्लेखन गरिसकेको उनी बताउँछन् । स्क्रिप्ट पुनर्लेखनमा पनि छुट्टै रमाइलो रहेको मीनको अनुभव छ । ुसानो सानो कुरालाई विस्तृत रुपमा हेर्न सकिन्छ । स(साना कमजोरी भेटिन्छन् । रि(राइट गर्नु त्यति सजिलो त छैन । तर मलाई त्यो काममा मज्जा लाग्छ,ु उनले भने, नयाँ(नयाँ परिवर्तन हुन्छ । यो प्रक्रियालाई मन पराउँछु म ।
मीन पाँच वर्षदेखि यही प्रोजेक्टमा काम गर्दैछन् । फिल्मका लागि टर्की, सिंगापुर, नर्वे र फ्रान्ससहित ८ निर्मातासँग उनले सहकार्य गर्दैछन् ।
गतवर्ष अमेरिकामा टर्किस निर्मातासँग उनको भेट भएको थियो । स्क्रिप्ट पढेपछि निर्माताले फिल्ममा लगानी गर्न राजी भए । खासमा मीन यो फिल्ममा टर्किस सिनेमेटोग्राफर राख्न चाहन्थे त्यही भएर निर्मातासमक्ष प्रस्ताव लिएर गएको उनी बताउँछन् । चिसो वर्षुको निर्माणमा ठूलो बजेट खर्च हुँदैछ ।
नर्वेजियन निर्मातासँग मिलेर उनले यसअघि नर्वेजियन सरफन्डुबाट स्क्रिप्टका लागि ६८ लाख रुपैयाँ प्राप्त गरेका थिए । सन् २०१८ मा मीनको स्क्रिप्टले लोकार्नो ओपन डोर्सबाट पनि ८ लाख बराबरको पुरस्कार जितेको थियो । त्यसमा लगभग ३ सयजनाले आवदेन दिएको थियो । त्यसमध्ये पनि ५ जनालाई स्क्रिप्टका लागि खर्च दिनु भएको थियो । त्यसमा मैले पनि पाएँ,ु उनले भने ।
यसअघि सन् २०१७ मा ुएसियन सिनेमा फन्डु, सन् २०१९ मा सिनेमाज डू मन्डे, टोरिनो फिचरल्याब, फेस्टिभल दि कान, एसियन प्रोजेक्ट मार्केटबाट पुरस्कार जितेका छन् । पुरस्कारसँगै विश्वप्रख्यात फेलोसिपमा पनि उनी उक्त स्क्रिप्ट लिएर पुगेका छन् । विभिन्न पुरस्कारबाट फिल्मको बजेटको ७२ प्रतिशत रकम उठिसकेको उनले बताए ।
पाँच वर्षदेखि एउटै स्क्रिप्ट लेखिरहेका मीन यो कार्यमा मिहिनेत लाग्ने बताउँछन् । ुमिहनेत पनि हुन्छ । किनकि यो जग हाल्ने प्रक्रिया हो । दुस्ख पनि छ । रमाइलो पनि छ,ु उनले भने, ुदुस्ख गर्नुपर्छ भोलि कुन फिल्मबाट चोरिदिएको भनेर भनिदिन्छ नेपालमा। लभ स्टोरी फिल्म टाइटानिकबाट चोरेको हुँदैन नि ।ु
स्क्रिप्ट पुनर्लेखन गर्दा निखारिँदै जाने उनी बताउँछन् । स्क्रिप्ट निखारिनुका साथै आफ्नो प्रोजेक्टको अरु तयारी गर्न सकिन्छ । लोकेसेन फाइनल हुँदै जान्छ । फिल्म दिमागमा क्लियर हुँदै जान्छ । स्क्रिप्टमा निर्देशकको अपनत्व बढेर जान्छ । यो प्रकृया रमाइलो छ, उनले सुनाए ।
स्क्रिप्ट लेखन गरिरहँदा आफूमा परिपक्वता बढेर आएको उनी अनुभव गर्छन् । स्क्रिप्ट लेख्नु भनेको कथा मात्र लेख्नु होइन । यससँग जोडिएका सामाजिक, साँस्कृतिक विभिन्न पक्षहरुको अध्ययन हुँदै जान्छ । ज्ञानको दायरा फराकिलो बढ्दै जान्छ । आफैलाई बुझ्न सकिन्छ स्क्रिप्ट लेख्दा ।ु
६ साउन २०७७, मंगलवार ००:०६ बजे प्रकाशित





