चलचित्र प्रवर्द्धन समन्वय समिती

चलचित्र प्रवर्द्धन समन्वय समिती  गठन भएको छ। निर्माता संघका अध्यक्ष आकाश अधिकारीको पहलमा चलचित्र क्षेत्रमा काम गरिरहेका पेशागत संगठनका अध्यक्षहरुले शनिबार बैठकले निर्माता संघका अध्यक्ष आकाश अधिकारीको संयोजनमा विभिन्न संस्थाका संगठन प्रमुखहरु सदस्य रहनेगरि ७ सदस्यीय समिती समेत गठन गरेको छ ।
चलचित्र प्रवर्द्धन समन्वय समिती’ नाम दिइएको यो कार्यदलको सदस्यहरुमा रामकेशर बोगटी, सुचित्रा श्रेष्ठ, राजेन्द्र रायमाझी, पुष्कर लामा, सुर्य थोकर, सम्राट सापकोटा छन् ।संघ गठन भएको भोलीपल्टै आइतबार समन्वय समितीले संचारमन्त्री राम कार्कीलाई भेटेर नेपाली चलचित्र क्षेत्रको विभिन्न समस्यामा छलफल गरेको छ ।

१ फागुन २०७३, आइतवार १५:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु