मन्त्रिपरिषद बैठकमा उर्जामन्त्री पुनले मागे माफी

नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बिषयलाई लिएर ऊर्जा, जलस्रोत तथा सिंचाई बर्षमान पुनले मन्त्रिपरिषद बैठकमा माफी मागेका छन् ।

स्रोतका अनुसार असोज ५ गतेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा मन्त्री पुनले कुलमानबारे सार्वजनिक रुपमा बोलको भन्दै चासो राखेका थिए ।

पुनको सचिवालयले कुलमानको पुनः नियुक्तिको प्रस्ताव मन्त्रिपरिषदमा पुगेको सार्वजनिक गरेको थियो । त्यसप्रति प्रधानमन्त्री ओलीले असन्तुष्टी जनाएका हुन् ।

भदौ ३१ गते विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको ४ बर्षे कार्यकाल सकिंदै थियो । सामाजिक सञ्जालदेखि सडकबाट समेत घिसिङको पुनर्नियुक्ति हुनुपर्ने पक्षमा लबिङ भइरहेको थियो । ऊर्जामन्त्री पुनको सचिवालयले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा म्याद थपको प्रस्ताव मन्त्रिपरिषदमा लगिएको भनेर सार्वजनिक गरेको थियो । मिडियाले प्रधानमन्त्रीले कुलमानको नियुक्ति रोकेको भनेर समाचार सम्प्रेषण गरे ।

यस विषयमा प्रधानमन्त्री ओलीले आफ्नो कारणले नभई कानुनी जटिलताका कारणले रोकिएको भन्दै सोही अनुसार बुझ्न पुनसहितका मन्त्रीहरुलाई आग्रह गरे ।

जवाफमा मन्त्री मन्त्री पुनले आफुले नियतबश कुनै कुरा नगरेको र बाहिर पनि नबोलेको भन्दै ‘गल्ति भएको भए माफी चाहन्छु’ भनेको स्रोतको दाबी छ ।

१३ असोज २०७७, मंगलवार २१:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु