खगेन्द्र संग्रौलाको ट्वीटले खैलाखैला, योगेश भट्टराई तनावमा
'भट्टराईले मन्त्री पद डा. केसीको सत्याग्रहको विरोध गरेबापत पाएको बक्सिस हो'
लेखक खगेन्द्र संग्रौलाले पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि गम्भीर आरोप लगाएका छन् ।
संग्रौलाले ट्वीट गर्दै योगेशले डा. केसीको सत्याग्रहको विरोध गरेबापत मन्त्री पद बक्सिस पाएको आरोप लगाएका हुन् ।
डा. गोविन्द केसीको सत्याग्रहलाई पर्यटनमन्त्री भट्टराईले ‘इमोसनल ब्ल्याकमेलिङ’ भनी टिप्पणी गरेको भन्दै लेखक संग्रौलाले बुधबार बिहान ट्विटरमार्फत तीखो आलोचना गरेका हुन्।
‘माननीय पर्यटनमन्त्री योगेश भट्टराईले डा. केसीको सत्याग्रहलाई ‘इमोसनल ब्ल्याकमेलिङ’ को संज्ञा दिएछन्,’ साहित्यकार संग्रौलाले ट्विट गरेका छन्, ‘स्मरण रहोस्, मान्यवर, विरलाकोटी प्रतिभाका धनी योगेश महोदयको लाभदायक मन्त्री पद डा. केसीको सत्याग्रहको विरोध गरेबापत पाएको बक्सिस हो। किमधिकम्’
१० असोज २०७७, शनिवार २०:५५ बजे प्रकाशित





