देशभरीका वडा-वडामा छापेर टासियो त्रिविको सूचना, हेर्न छुटाए कक्षा र परीक्षा छुट्ने (सूचनासहित)

त्रिभुवन विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई अध्ययनरत विभाग, स्कुल तथा क्याम्पसहरुमा सम्पर्क गर्न अनुरोध यसअघि नै औपचारिक सूचना निकालेर अपिल गरिसकेको छ ।

अब त्रिविका कक्षा अनलाइनबाट र परीक्षापनि इमेल मार्फत बैकल्पिक विधिबाट गर्ने तयारी स्वरुप त्रिविले इमेल मार्फत विद्यार्थीलाई अध्ययनरत विभाग, स्कुल तथा क्याम्पसहरुमा सम्पर्क गर्न अनुरोध गरेको थियो ।

तर यसरी एकदमै कम संख्यामा विद्यार्थी सम्पर्कमा आएकाले अब त्रिविले कानूनी प्रक्रिया अघि बढाएको छ ।

देशभरीका स्थानीय पालिकाका वडा–वडामा सूचना टाँस गर्ने त्यो सूचनापनि बेवास्ता गरे त्यस्ता विद्यार्थीको परीक्षा र पढाई छुटेमा त्रिवि जवाफदेही नहुनेगरी अघि बढेको छ ।

त्यसका लागि त्रिविले देशभरीका सबै वडालाई पत्र पठाई सकेको छ । त्रिविको पत्र पाएपछि सबै वडाले सूचना प्रकाशन गरेर आफ्नो टोलका सार्वजनिक स्थलमा टाँसिरहेका छन् ।

यसरीपनि विद्यार्थी सम्पर्कमा नआए उनीहरुको पढाई र परीक्षा छुट्दा त्रिवि जवाफदेही नहुँने त्रिविका एक अधिकारीले स्पष्ट पारेका छन् ।

विद्यार्थी भाईबहिनीहरुको भविष्यको सवाल रहेकाले जो जसले यो सूचना देख्नुहुन्छ सक्दो सेयर गर्नुहोला । यो सूचना एउटा वडाको हो । यही नमुनाका सूचना हरेक वडाले छापेर टाँस गरिरहेका छन् ।

त्रिविले यसअघि नै एक सूचना निकालेर शिक्षाध्यक्षको कार्यालयले स्थगित भएको पठनपाठनमा सहभागी हुनको लागि सम्पर्कमा आउन आग्रह गरेको थियो ।

शिक्षाध्यक्ष प्रा।डा। शिवलाल भुसालले हस्ताक्षर गरेको सूचनामा त्रिविका सम्पूर्ण विभाग, स्कुल, क्याम्पस प्रशासन, डीनका कार्यालयहरुलाई विद्यार्थीलाई सम्पर्कमा ल्याउन तदारुकताका साथ लागि पर्न र विद्यार्थीलाई सम्पर्कका लागि सहज वातावरण मिलाउन निर्देशन दिइएको थियो ।

 

२४ भदौ २०७७, बुधवार १५:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु