नेपालको सार्वजनिक ऋण १२ खर्ब:एक नेपालीलाई ४० हजार सार्वजनिक ऋण

नेपालको सार्वजनिक ऋण १२ खर्ब नजिक पुगेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार तेस्रो त्रैमासिक चैत मसान्त सम्म नेपालले लिएको ऋण ११ खर्ब ९५ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

यो ऋणलाई बुधबारसम्म केन्द्रिय तथ्यांक विभागको तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९९ लाख ५३ हजार २ सय ९० जनाले भाग लगाउँदा एक नेपालीको भागमा ३९ हजार ९ सय १५ रुपैयाँ ऋण पर्न जान्छ ।

सरकारले पछिल्लो तीन महिनामा मात्र आन्तरिक र बाहृय गरी ९० अर्ब ४६ करोड १६ लाख ८२ हजार रुपैयाँ लिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार यस अवधिमा बाहृय ऋण ६० अर्ब ३ करोड २२ लाख र आन्तरिक ऋण ३० अर्ब ४२ करोड ९४ लाख रुपैयाँ उठाइएको छ । पछिल्लो तीन महिनामा सरकारले ८.१८ प्रतिशतले ऋण थपेको छ ।

जीडीपीको ३१.९० प्रतिशत ऋण

नेपालको कूल र्गाहस्थ उत्पादन जीडीपीको ३१.९० प्रतिशत बराबर नेपालको सार्वजनिक ऋण पुगेको छ । केन्द्रिय तथ्यांक विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको जीडीपीको आधार भने ३७ खर्ब पुगेको छ ।

नेपालको सार्वजनिक ऋणमध्ये बाहृय ऋण जीडीपीको १८.८ प्रतिशत र आन्तरिक ऋण १३.०२ प्रतिशत रहेको आंकडा छ ।

चालु आवको ९ महिनामा थपियो १ खर्ब २० अर्ब ऋण

चालु आर्थिक वर्ष २०७६र७७ को ९ महिनाको अवधिमा सरकारले १ खर्ब २० अर्ब सार्वजनिक ऋण थपेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चैत मसान्तसम्म ६५ अर्ब ७२ करोड २६ लाख रुपैयाँ बाहृय ऋण प्राप्ती भएको छ ।

जसमा बहुपक्षीय स्रोतबाट ४५ अर्ब ६३ करोड ६८ लाख र द्विपक्षीय स्रोत मित्रराष्ट्रहरु बाट २० अर्ब ८ करोड ५७ लाख रुपैयाँ ऋण प्राप्त भएको छ । आन्तरिक ऋण भने सरकारले चैत समान्तसम्म ५५ अर्ब २६ करोड उठाएको छ ।

यसभित्र अन्तराष्ट्रिय मुद्रा कोषले ‘भ्यालू एडजस्टमेन्ट’का लागि दिएको सुविधासमेत जोडिएको छ । यसबाहेक ‘टे्रजरी बील’बाट पनि आन्तरिक ऋण संकलन गरिएको छ ।

१ जेठ २०७७, बिहीवार ०५:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु