९ अर्ब भ्रष्टाचारबारे देउवाको चुनौती लगत्तै भाका बदले भट्टराईले

बुढीगण्डकी जलविद्युत परियोजनामा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा द्वितीय अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले ९ अर्ब कमिशन खाएर योजना अलपत्र पारेको आरोप लगाउँदै त्यसको प्रमाण आफूसँग भएको दाबी गरेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले तीन दिनमै भाका फेरेका छन्।

आफूमाथि लगाएको सार्वजनिक आरोपको कडा प्रतिबाद गर्दै नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री देउवाले भट्टराईलाई प्रमाण छ भनिसकेको स्थितिमा त्यसलाई सार्वजनिक गर्न चुनौति दिएका थिए।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्मामार्फत देउवाले जारी गरेको विज्ञप्तिमा क्षणिक लाभका निम्ति कसैमाथि हलुका टिप्पणी गरेर आफ्नो राजनीतिक प्रतिष्ठा नबढ्ने बताएका थिए।

देउवाको चुनौतिपूर्ण प्रतिक्रिया लगत्तै जनता समाजवादी पार्टी नेपालका नेता भट्टराईले ट्वीटरमार्फत तीन दिनअघिको आफ्नो भनाई सच्याएर आफ्नो नेतृत्वको सरकारका पालामा स्वदेशी लगानीमै बनाउने प्रक्रिया अघि बढाएकोमा पछिल्ला सरकारले कमिशनखोरहरुको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई दिएकोले उक्त परियोजना अलपत्र परेको बताएका छन्।

२६ असोज २०७७, सोमवार ०६:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु