भारतमा एकैदिन ६२ हजारभन्दा बढीमा कोरोना , संक्रमित २२ लाख नाघ्यो

भारतमा पछिल्लो २४ घण्टामा ६२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

सोमबार बिहान यो समाचार तयार पार्दासम्म भारतमा एकै दिन ६२ हजार ११७ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा संक्रमितको संख्या २२ लाख १४ हजार १३७ पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म १५ लाख ३४ हजार २७८ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ३५ हजार ३९३ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा १०९३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४४ हजार ४६६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

२६ साउन २०७७, सोमवार ०६:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु