सुटकेशमा तारको आकार बनाएर ‘सुन’ तस्करी, चार जना पक्राउ

सुटकेशभित्र प्रयोग हुने तारको आकार बनाएर सुन तस्करी हुन थालेको छ ।

आइतबार फ्लाई दुबईको रेस्क्यू फ्लाईटमा बाहिरबाट सेतो रंग लेपन गरेर सुन लिएर आएका चार जनालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ ।

शंकास्पद रुपमा सुटकेशमा फेला परेको १ किलो ७ सय ग्राम ‘सुन’ परीक्षण गर्न पठाइएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी दयानन्द केसीले रातोपाटीलाई जानकारी दिए ।

विमानस्थल भन्सारले अवैध रुपमा ‘सुन’ लिएर आउने सिता स्याङतान, धन बहादुर विक र दोलखा घर भएका दुईजना सेनाम लामालाई पक्रेको छ ।

‘सुन परीक्षण गर्न पठाएका छौं, बाहिर सेतो लेपन गरिएको छ’ केसीले भने, ‘परीक्षणपछि मात्रै सुन हो–होइन भन्ने थाहा हुन्छ ।’

सुटकेशमा सुन लिएर आउनेहरु दुवईबाट काठमाडौं आएका हुन् ।

विमानस्थलको एक्सरेले मेसिनले संकेत गरेपछि भन्सारका अधिकारीले उनीहरुको लगेज पुनः चेकजाँच गरेका थिए ।

२६ साउन २०७७, सोमवार ०६:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु