जसले मेरो चरित्र हत्या गर्ने प्रयास गरे, तिनका लागि अभिशाप हुनेछु : कपिल आचार्य
नेपाल इन्जिनियर्स एसोसियसनका उपमहासचिव कपिल आचार्यले आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको भन्दै त्यसको खण्डन गरेका छन् ।
आचार्यले नक्सा बनाउने र परामर्श दाताको रुपमा ‘उपत्यका स्वतन्त्र निर्माण ब्यबसायी संघ’संग करार सम्झौता गरेका थिए । सोही विषयलाई जोडेर टिकाटिप्पणी भएपछि आचार्यले विज्ञप्ती निकालेर खण्डन गरेका हुन् । र उपत्यका स्वतन्त्र निर्माण ब्यबसायी संघसंगको सम्झौता पनि रद्ध गरेको घोषणा गरेका छन् ।
आफ्नो चरित्र हत्या गरेको आरोप लगाउँदै उनले चेतावनीको शैलीमा भनेका छन्, ‘मैले मेरो मूल्यमान्यता र निष्ठालाई कायम राख्दै विभिन्न आरोह अबरोह पार गर्दै यहाँ सम्म आइपुगेको हुँ । मलाई थाह छ, योजनाबद्ध तरिकाले केहि गुटगत मान्यताबाट ग्रस्त ब्यक्तीहरुले बिषयान्तर गर्दै चरित्र हत्या गर्ने प्रयास गरे, यो उनैका लागि अभिशाप हुने विस्वास लिएको छु ।’

१९ साउन २०७७, सोमवार १०:४३ बजे प्रकाशित





