नेपाली प्रवासी समाज हाइलले आविष्कार केन्द्रलाई गर्‍यो सहयोग

काठमाडौं । नेपाली प्रवासी समाज हाइल, साउदी अरेबियले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको छ । समाजले एक लाख ११ हजार एक सय ११ रुपैयाँ आविष्कार केन्द्रका संस्थापक माहावीर पुनलाई हस्तान्तरण गरेको हो ।

समाजका होमनाथ गिरीले पुनलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । युवा वैज्ञानिकलाई प्रोत्साहन गर्ने गरी खुलेको केन्द्रलाई सहयोग गर्न पाउँदा खुसी लागेको गिरीले बताए ।

६ साउन २०७७, मंगलवार ००:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु