काठमाडौंमा १२ जना कोरोना संक्रमित भेटिए

१६ असार, काठमाडौं । मंगलबार काठमाडौं जिल्लामा १२ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले काठमाडौं जिल्लामा १२ जना स‌ंक्रमित भेटिएको पत्रकार सम्‍मेलनमा जानकारी दिए ।

काठमाडौं जिल्लामा ५ महिला र ७ जना पुरुषमा संक्रमण देखिएको हो ।

यस्तै ललितपुरमा एक पुरुष र भक्तपुरमा एक महिलामा कोरोना संक्रमण देखिएको छ ।

१६ असार २०७७, मंगलवार ११:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु