ससंदमा ‘प्रचण्ड’ लाई गगनले सम्झिएपछि …

२५ जेठ, काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता एवं पुर्व स्वास्थ्यमन्त्री गगन थापाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पपुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सम्झिएका छन् ।

२०७४ सालमा प्रचण्ड प्रधानमन्त्री हुँदा गगन थापा स्वास्थ्यमन्त्री थिए । त्यसबेला मन्त्रिपरिषदले काठमाडौं उपत्यकालाई प्रदुषण मुक्त बनाउनका लागि ल्याएको संकल्प प्रस्तावबारे उल्लेख गर्दा प्रचण्डलाई सम्झिएका हुन् ।

‘सम्झिरहेको छु मैले र अरु साथीहरुले मिलेर दर्ता गराएको संकल्प प्रस्ताव । जसमा हामीले २०३० सम्म नेपाललाई र २०२७ सम्म काठमाडौंलाई विद्युतीय सवारीको शहर बनाउने भनेर भनेको’ थापाले आइतबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भने ।

ठीक यहि बेला थापाले प्रचण्डलाई सम्झिएका हुन् ।

‘सम्माननीय प्रधानमन्त्री प्रचण्ड रहँदै गर्दा खेरीको मन्त्रिपरिषदबाट स्वास्थ्य मन्त्रालयले पारित गरेको त्यो सम्झन्छु कि नेपालमा वायु प्रदूषणको एउटा महत्वपूर्ण कारण भनेको यहाँको गाडी हो । यसका निम्ति हामी त्यो ठाउँमा जानै पर्छ र यो जनस्वास्थ्यको विषय हो भनेर भनेको सम्झन्छु ।’

सांसद थापाले विद्युतीय सवारीमा कर बढाउने निर्णय प्रचण्ड प्रधानमन्त्री हुँदा स्वास्थ्य मन्त्रालयले अघि सारेको २०३० सम्म देशभर विद्युतीय गाडी चलाउने अवधारणा मात्र होइन, स्वयं नेकपाको घोषणा-पत्र विपरीत भएको टिप्पणी गरेका छन् ।

त्यसबेला थापा स्वमं स्वास्थ्य मन्त्री थिए ।

आफैँले ल्याएको योजना विपरित वर्तमान सरकारले विद्युतीय सवारीमा कर बढाउने निर्णय गरेपछि उनले अर्थमन्त्रीमाथि गम्भीर आरोप लगाए,

‘यसमा जालझेल छ । छलकपट त छँदैछ, त्यसको हिसाब किताब गर्छौं । त्योभन्दा पनि नेकपा बोल्नुपर्दैन ? घोषणा–पत्रमा लेखेको होइन ? स्वास्थ्य, उर्जा मन्त्रालय बोल्नुपर्दैन ? तपाईंहरू बोल्नु भएन । हामी बोल्छौं र हिसाब किताब गर्छौं ।’

करिब-करिब डेढ अर्ब रकम बाहिर गएकाले कर बढाएको अर्थमन्त्रीको तर्क नमिलेको उनले बताए ।

‘स्टेटम्यानले जेनेरेसन हेर्छ । पोलिटिसियनले चुनाव हेर्छ, मुन्सीले खातापाता मात्रै हेर्छ’ उनले भने, त्यति परको किन हेर्नुभएन ? त्यतातिर मलाई धेरै चिन्ता होइन । यहाँ त मुन्सीको हिसाब पनि मिलेन ।’

अहिले चर्चामा रहेको चकलेटको कर घटाउने निर्णयमा अर्थमन्त्रीको स्वार्थ मात्र होइन, प्रोजल आलु, खजुर आयातमा समेत त्योभन्दा बढी रकम विदेशिने गरेको उनले बताए ।

डेढ अर्बले ६ दिनका लागि पेट्रोलिय पदार्थ आयात समेत गर्न नसक्ने अवस्था रहेको भन्दै धेरै तेल खाने २००० सीसी का सवारी साधन सरकारी अधिकारीहरूले चढ्ने गरेको सांसद थापाले बताए ।

२५ जेठ २०७७, आइतवार १५:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु