आजै दैलेखमा ११३ जनामा कोरोना पुष्टि
दैलेखमा एकै दिन ११३ जनामा कोरोना पुष्टि भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणमा बिहीबार दैलेखका १ सय ११३ र मुगुका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये दैलेखको नारायण नगरपालिकाका ५ महिलासहित ७२ जना रहेका छन् । यस्तै देवलकाँडाका १२, सोताका ९, मानटाकुराका ७, भगनीका ५, नौमुलेका ५, साडुका २ र बासकोटमा १ जना रहेको प्रतिष्ठानले जनाएको छ ।
२२ जेठ २०७७, बिहीवार १०:१० बजे प्रकाशित













