कांग्रेसलाई उपसभामुख दिन नेता खनालको प्रस्ताव

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपा का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रतिनिधि सभाको उपसभामुख पद प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई दिँदा उपयुक्त हुने बताएका छन्।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभामुख र उपसभामुख मध्ये एउटा पदमा आफ्नो दलको दाबी रहने जनाएका छन्।

अहिले नेकपाबाट निर्वाचित शिवमाया तुम्बाहाङफे उपसभामुख छन्।

संविधानमा फरक लिङ्ग र पार्टीबाट सभामुख र उपसभामुख हुनुपर्ने व्यवस्था छ।

सभामुख नेकपाले लिनका निम्ति उपसभामुखले राजीनामा दिनुपर्ने हुन्छ।

वरिष्ठ नेता खनालले भने, ‘प्रमुख विपक्षीसँग राम्रो सम्बन्ध राखेर जानु राम्रो हुन्छ। तर पनि यसबारे औपचारिक छलफलमा जे निष्कर्ष हुन्छ त्यसअनुसार नै गरिन्छ।’

२७ पुस २०७६, आइतवार ०१:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु