एकअर्काको प्रतिस्पर्धामा स्वस्तिमा, आँचल र पूजा

अभिनेत्री स्वस्तिमा खड्का र आँचल शर्माका आ-आफ्नै फ्यान र शुभचिन्तक छन्। दुवैका अभिनेत्रीको काम गर्ने शैली पनि आ-आफ्नै छ।

हुन त यी दुई नायिकालाई अहिलेसम्म एउटै सिनेमामा काम गर्ने मौका मिलेको छैन। तर, आक्कल झुक्कल सार्वजनिक कार्यक्रममा भेट भएपनि खासै बोलचाल पनि भएको देखिन्न।

विहिबार काठमाण्डौंमा आयोजित एक कार्यक्रममा यी दुर्इ अभिनेत्रीसंगै देखिए त्यो पनि एउटै स्टेजमा। नायिका स्वस्तिमासंगै आँचल शर्मा, पूजा शर्मा र वर्षा राउत एउटै स्टेजमा उभिएका थिए। कार्यक्रममा क्रमैसंग आफ्ना भनाई राख्न लगाइयो। सबै नायिकाले आ-आफ्नै कुरा राख्दै गए र अन्तिममा पालो आयो स्वस्तिमाको। स्वस्तिमाले आफ्नो भनाईसंगै अन्तमा आफूले अभिनय गरेको सिनेमा नाई नभन्नु ल ५ भदौ ८ मा, ‘जय भोले’ र छक्का पञ्जा ३ दशैमा क्रमैसंग आउदैछ भनेर प्रचार गर्न भ्याइन्।

स्वस्तिमाले यति भनेर मात्रै के सकेकी थिईन् आँचलले पनि माइक माग्दै आफ्नो ‘ब्ल्याक’ सिनेमा भदौमा आउदै छ भनेर भन्न भ्याइन्। उनको यो शैली देखेर हलका सबै पाहुना गलल हाँस्न थाले। केही अफ्ठ्यारो महशुस गरे नायिका पूजा शर्माले वातावरण सहज बनाउन आफ्नो सिनेमा रामकहानी पनि भदौ २२ मा आउदै छ भनेर प्रचार गरिन्।

उनको पालो पछि नायिका वर्षा राउतले नबोली नहुने भो र माइक लिदै वर्षाले भनिन्,’सबैले आफ्नो सिनेमाको प्रचार प्रसार गर्न भ्याए। मेरो त कुनै छैन अब के भनौं। ल मेरो त सिनेमा छैन है। जे होस् नायिकाहरुको आफ्नो सिनेमाको प्रचार गर्न गरेको प्रतिस्पर्धा निकै रोचक र हेर्न लायकको थियो।

२२ असार २०७५, शुक्रवार १४:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु