प्रधानमन्त्री कार्यालयमा ११ महाशाखा
काठमाडौँ, १९ चैत । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करीव दर्जन महाशाखा हुने भएको छ ।
यसअघि छ महाशाखा रहेकामा अब ११ महाशाखा रहने कार्यालयका प्रवक्ता विनोदकुमार कुँवरले बताउनुभयो । उहाँका अनुसार सबै मन्त्रालयको सांगठनिक पुनःसंरचना गरिएसँगै मन्त्रिपरिषद् कार्यालयको पुनःसंरचना गरिएको र सबै महाशाखाको नेतृत्व सहसचिवले गर्ने भएका छन् ।
केही दिनअघिको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको २१ मन्त्रालयको सांगठनिक पुनःसंरचना स्वीकृत गरेको थियो । नयाँ महाशाखामा मन्त्रिपरिषद् बैठक तथा संवैधानिक निकाय, सामाजिक विकास तथा रुपान्तरण, राष्ट्रिय सुरक्षा तथा कूटनीतिक, पारदर्शी समन्वय तथा योजना, नतिजा व्यवस्थापन तथा सुशासन, सामाजिक सुधार, लगानी उत्पादन तथा रोजगार प्रवद्र्धन महाशाखा छन् । यसैगरी कानून तथा फैसला कार्यान्वयन, मानवाधिकर तथा अन्तर्राष्ट्रिय सम्बन्धन र आर्थिक तथा पूर्वाधार महाशाखालगायत छन् । नयाँ महाशाखाबाट छिट्टै काम सञ्चालन हुनेछ ।
मिडिया एनपीप्रकाशित मिति: सोमबार, चैत १९, २०७४१९:२४0

१९ चैत २०७४, सोमवार १३:४४ बजे प्रकाशित