ताङ्जो माहाकाल धार्मिक संरक्षण समिति गठन

सिन्धुपाल्चोक, चैत १५ । सिन्धुपाल्चोक ठूलो धादिङग्का युवाहरुको पहलमा धार्मिक संरक्षण समिति गठन गरिएको छ ।

नेपाली मौलिक कला संस्कृतिको संरक्षणक गर्न तिर्थ लामाको अध्यक्षतामा “ताङ्जो माहाकाल धार्मिक संरक्षण समिति ” गठन गरिएको हो ।

सिन्धुपाल्चोक जिल्लाको लिशांखु पाखर गाउँपालिकाको ठुलो धादिङ वडा नम्बर १ मा रहेको मठमन्दिरहरुको संरक्षण गर्ने समितिको मुख्य उदेश्य हो ।

परापुर्वक कालदेखि रहिआएको आस्था र बिश्वासलाई जिवित राख्दै, धार्मिक क्षेत्रको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार गरि पर्यटन विकासका लागि पहल र प्रर्वद्धन गरि पर्यटकिय क्षेत्रको विकासमार्फ स्थानीयको आयआर्जनमा समेत टेवा पुर्याउने लक्ष्य अनुरुप समिति नै गठन गरेर अगाडि बढेको समिति सदस्य सन्दिप सुन्दाशले बताए ।

समितिको संस्थापक अध्यक्षमा तिर्थ लामा रहेका छन् ।

लामाको अध्यक्षतामा गठन गरिएको ११ सदस्यीय संरक्षण समितिको उपाध्यक्षमा फुरसंग लामा, सचिवमा किरण लामा र कोषाध्यक्षमा भिम लामा रहेका छन् ।
सदस्यहरुमा सन्दिप सुन्दाश, दावा दोर्जे तामाङ्ग , रेञ्जेन लामा , रमित लामा छन् ।

दावा दोर्जे तामाङ्ग र्निवाचित वडा नम्बर १ का वडा सदस्य समेत हुन् ।

स्थानीय स्तरमै रोजगारीको अवशर सिर्जना गर्ने गरि समितिले स्थानीय बिकास लागि पहल कदमी लिने अध्यक्ष लामाले बताए ।

१५ चैत २०७४, बिहीवार ०८:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु