बढ्यो हिमालयको तापमान, प्राकृतिक विपत्तिको खतरा हुन सक्ने
काठमाडौं, जलवायु परिवर्तनको प्रतिकूल असरका कारण हिमालयको तापक्रम बढेको छ ।
गत २० देखि २५ वर्षमा हिमालयको तापमानमा बृद्धि र आद्रता बढेको पाइएको हो ।
हिमालयको औसत तापक्रममा ०.६५ सेल्सियस डिग्रीले बृद्धि भएको भूवैज्ञानिकहरुले बताएका छन ।
हिमालयमा तापक्रम बृद्धि भएपछि ग्लेशियर (हिम पर्वत)हरु पग्लिने खतरा समेत योसँगै बढेको छ । खासगरी उत्तर पश्चिमको हिमालय क्षेत्रमा बढी तापक्रम बृद्धि देखिएको हो ।
भारतको चण्डीगढस्थित जलवाय रिसर्च केन्द्र डिआरडीको प्रयोगशालामा वैज्ञानिकहरुले गरेको अनुसन्धानबाट यो नतिजा निकालिएको हो ।
ग्रेटर हिमालय बढी तात्यो
समाचार अनुसार, स्नो एण्ड एभलन्च स्टडी इस्टाब्लिसमेन्ट (एसएएसई) का वैज्ञानिकहरुले गत २५ वर्षमा हिमाल पर्वतको न्यूनतम तापमानमा ०.१९, अधिकतममा ०.९ र औसत तापक्रममा ०.६५ डिग्री बढेको जनाएका छन् ।
यो तापक्रम हिमालय क्षेत्रमा एकनासले भने छैन । बरु अलग अगल भागमा बेग्लाबेग्लै बढेको उनीहरुले जनाएका छन् । ग्रेटर हिहमालमा १९९१ देखि २०१५को अवधिमा सबैभन्दा बढी ०.९८ डिग्री र कराकोरम क्षेत्रमा ०.५६ डिग्री बृद्धि देखिएको हो ।
वर्षा बढ्यो, घट्यो हिमपात
अनुन्धानमा अर्को तथ्य समेत सार्वजनिक गरिएको छ । उत्तर पश्चिम हिमालय क्षेत्रमा पानी निकै पर्ने तर हिउँ भने कम परेको देखिएको छ । यसले गर्दा जमिनमा भएको हिउँ पग्लिने र यसबाट बाढीको खतरा बढी देखिएको हो ।
यो अनुसन्धान ग्लेशियर पग्लिने दरका आधारमा गरिएको हो । यसका अनुसार, मानवीय गतिविधका कारण ग्लेशियर एयरोसोल उत्सर्जन बढेको हो । उत्सर्जन बढेको कारण सूर्यका किरण राम्रोसँग पृथ्वीमा आउन नसक्ने भएकोले यसबाट हिमालयका केही क्षेत्रमा चिसोपना र आद्रता बढेको पाइन्छ ।
१९ चैत २०७४, सोमवार ०२:५० बजे प्रकाशित













