लोक तथा दोहोरीगीत प्रतिष्ठानको १६ केन्द्रीय सदस्यका लागि २१ उम्मेदवार

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा गायक पशुपति शर्मा निर्विरोध निर्वाचित भएका छन्।

वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी तथा द्वितीय उपाध्यक्षको सांगठनिकतर्फ राजु ढकाल र प्रशासनिकतर्फ रमेशराज भट्टराई निर्विरोध निर्वाचित भएका छन्।

त्यस्तै, महासचिवमा शिव हमाल पनि निर्विरोध भएका छन्। उपाध्यक्ष पदमा भने देवी घर्ती, पूर्णकला बिसी, श्रीकृष्ण बम मल्ल, खुमन अधिकारी, खेम सेञ्चुरी, घनश्याम रिजाल, दीपक गरौजा मगर, नवीन पौडेल, पुष्कल शर्मा, युवराज मगर, रविन लामिछाने, राजकुमार रायमाझी र रामकृष्ण बम मल्लको उम्मेदवारी परेको छ।

जारी नवौं महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय सदस्य १६ जनाका लागि भने २१ उम्मेदवारी परेको छ ।

प्रतिष्ठानको नवौं राष्ट्रिय महाधिवेशन तथा रजत जयन्ती २०८३ गत बिहीबारबाट सुरु भएको थियो । बर्दिबासस्थित गौरिडाँडा खुला मञ्चमा जारी महाधिवेशनमा केन्द्रीय सदस्यको नतिजा आउन भने बाँकी छ ।

लोक तथा दोहोरी गीतको क्षेत्रमा लामो समयदेखि सक्रिय बर्देवाले आफ्नो सांगीतिक तथा संस्थागत अनुभवलाई प्रतिष्ठानको नेतृत्वमा उपयोग गर्ने उद्देश्यसहित उम्मेदवारी दिएका हुन् ।

गत बिहीबार सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस भएका थिए । शुक्रबार नेतृत्व चयनका लागि निर्वाचन भएको हो ।
निर्वाचनमा अध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।

वि.सं. २०५७ असोजमा नवलपरासीको अरुणखोलामा वरिष्ठ लोक तथा दोहोरी गायक एवं सर्जक अम्बर विरही गुरुङको अध्यक्षतामा तदर्थ समिति गठन भएपछि प्रतिष्ठानको संस्थागत यात्रा सुरु भएको हो ।
अहिले प्रतिष्ठान सातै प्रदेश, ७० जिल्ला, उपत्यका तथा विदेशमा समेत गरी करिब एक सय समितिमा विस्तार भएको छ । प्रतिष्ठानमा करिब चार हजार पाँच सय आजीवन सदस्यसहित हजारौँ सदस्य आबद्ध छन् ।
यही संस्थाको केन्द्रीय सदस्य १६ जनाका लागि २१ उम्मेदवार भएका हुन् ।

गायक, संगीतकार तथा कार्यक्रम प्रस्तोता राजेश बर्देवाले पनि प्रतिष्ठानको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । गायन, संगीत, कार्यक्रम प्रस्तुति र प्रतिष्ठानको संस्थागत गतिविधिमा आफूले हासिल गरेको अनुभवलाई आधार बनाएर उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।
लोक तथा दोहोरी गीतको क्षेत्रमा लामो समयदेखि सक्रिय बर्देवाले आफ्नो सांगीतिक तथा संस्थागत अनुभवलाई प्रतिष्ठानको नेतृत्वमा उपयोग गर्ने उद्देश्यसहित उम्मेदवारी दिएका हुन् ।

बर्देवा गायनसँगै संगीत संयोजन र कार्यक्रम सञ्चालनमा समेत परिचित अनुहार हुन् । नेपालका विभिन्न ठूला सांगीतिक कार्यक्रमको उद्घोषक तथा प्रस्तोताका रूपमा काम गरेका उनले ‘द रियल आर्टिस्ट’ लगायतका कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

विज्ञान विषयको अध्ययन गरिरहेका बेला संगीत क्षेत्रमा प्रवेश गरेका बर्देवाले त्यसपछि गायन र संगीतलाई नै आफ्नो व्यावसायिक यात्राको मुख्य क्षेत्र बनाएका हुन् । उनले विभिन्न गीतमा गायनसँगै संगीत संयोजनसमेत गरेका छन् । नेपालमा हुने सांगीतिक कार्यक्रमसँगै विदेशमा आयोजना हुने नेपाली सांगीतिक कार्यक्रमहरूमा समेत उनले प्रस्तोता तथा कलाकारका रूपमा सहभागिता जनाउँदै आएका छन् ।

उनले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान बागलुङ जिल्ला कार्यसमितिमा एक कार्यकाल सदस्यका रूपमा काम गरिसकेका छन् । धौलागिरि अञ्चल कार्यसमितिको सदस्य तथा सचिवको जिम्मेवारीसमेत सम्हालेका थिए ।
उनी प्रतिष्ठानको उपत्यका समन्वय आजीवन सदस्य समितिको सचिव तथा सोही समितिको प्रथम उपाध्यक्ष हुन् ।

काठमाडौं उपत्यका समन्वय समितिमा सदस्य तथा सञ्चार प्रमुखका रूपमा समेत उनले काम गरेका छन् ।
प्रतिष्ठानमा रहेर संस्थागत गतिविधिमा सक्रिय रहनुका साथै बर्देवाले आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिँदै आएका छन् । उनको सांगीतिक यात्रामा बेलायत, हङकङ, सिंगापुर, दक्षिण कोरिया, मलेसिया, दुबई र थाइल्यान्डलगायतका मुलुकमा भएका कार्यक्रमको सहभागिता समेटिएको छ ।

सञ्चार र सांगीतिक क्षेत्रमा समेत सक्रिय बर्देवाले धौलागिरि एफएम बागलुङ तथा एपीवान एचडी टेलिभिजनसँग आबद्ध भएर काम गरेका छन् । विभिन्न संघसंस्थाबाट सम्मान तथा पुरस्कारसमेत प्राप्त गरेका उनी पछिल्ला वर्षमा नेपाल तथा विदेशमा हुने नेपाली सांगीतिक कार्यक्रमका परिचित प्रस्तोताका रूपमा देखिँदै आएका छन् ।

२३ असोज २०८३, शुक्रवार २१:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु