प्रधानमन्त्री ओली र विपक्षी गठबन्धन दुवै शितल निवासमा, ओली र राष्ट्रपतिबीच भेटवार्ता जारी
नयाँ सरकार गठनका लागि दाबी गर्न विपक्षी दलका नेताहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल र एमालेका विद्रोही नेता माधवकुमार नेपाल राष्ट्रपति निवास शीतलनिवास पुगेर भेटका लागि प्रतीक्षा गरिरहेका छन् ।
शुक्रबार अपराह्न ५ बजेको समयसीमाभित्र नयाँ सरकार गठनका लागि दाबी गर्नुपर्ने बाध्यताका कारण १४९ जना सांसदको हस्ताक्षर बोकेर विपक्षी दलहरु शीतलनिवास पुगेका छन् ।
यद्यपि शीतलनिवासका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता जारी रहेकाले विपक्षी दलहरुले प्रतीक्षा गरिरहेका छन् ।
विपक्षी दलहरुले सरकार प्रमुखमा शेरबहादुर देउवाको नाम प्रस्ताव गर्ने भएका छन् ।
७ जेठ २०७८, शुक्रवार १६:१८ बजे प्रकाशित





