नयाँ सरकार गठन गर्न महन्थ ठाकुर सकारात्मक, देउवा निवासमा छलफल जारी

काठमाडौं । वैकल्पिक सरकारको नेतृत्व दावी गरिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरसँग वार्तामा बसेका छन् ।

बूढानीलकण्ठमा जारी वार्तामा आफ्नो नेतृत्वमा सरकार बनाउन देउवाले ठाकुरलाई आग्रह गरेका छन् । बैठकमा जसपाका वरिष्ठ नेता राजेन्द्र महतोसमेत सहभागी छन् ।

वैकल्पिक सरकार गठनमा निर्णायक देखिएको जसपाको ठाकुर पक्षले तटस्थ रहने बताउँदै आएको छ ।

ठाकुर पक्षलाई सहमतिमा ल्याउन सके देउवाको नेतृत्वमा बहुमतको सरकार गठन हुनसक्ने देखिन्छ ।

उता जसपानिकट स्रोतले भने एमालेको माधव नेपाल पक्षले राजीनामा दिने सम्भावना टर्दै गएकोले वैकिल्प सरकार जसपाकै नेतृत्वमा बनाउनेबारे बैठकमा प्रस्ताव हुनसक्ने जनाएको छ ।

३० वैशाख २०७८, बिहीवार १३:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु