नायिका खड्काले गरिन अक्सिजन व्यवस्थापनका लागि सहयोग

काठमाडौं। बढ्दो अक्सिजनको अभावको परिपूर्तिका लागि नायिका श्वेता खड्काले सहयोग गरेकी छिन् ।

उनले हाम्रो टिम नेपाललाई अक्सिजन सिलिण्डरको व्यवस्थापनको लागि भन्दै ५० हजार रुपैयाँ सहयोग गरेकी हुन् ।

विगत लामो समयदेखि निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टिम नेपालसँग श्वेता र उनका श्रीमान विजयेन्द्रसिंह रावत जोडिएका हुन् ।

मानवीय सहयोगको अभियानमा जोडिन पाएकोमा खुसी व्यक्त गर्दै यो अभियानमा सहभागी हुन उनले सबैलाई आग्रह गरिन् ।

२५ वैशाख २०७८, शनिवार १३:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु