अब खाद्यान्न पसल साँझ खोल्न नपाइने
खाद्यान्न पसल अब बिहान मात्रै खोल्न पाइने भएको छ। त्यसका लागि ७ देखि ९ बजेसम्मको समय तोकिएको छ।
यसअघि साँझ पनि खोल्न दिइएको थियो। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले खाद्यान्न पसल साँझ खोल्न नपाइने निर्णय गरेको हो ।
यस्तै, काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा एक साता लम्बिएको छ।
बैठकले २९ वैशाखसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो। यसअघि २२ वैशाखसम्म निषेधाज्ञा लगाइएको थियो ।
२१ वैशाख २०७८, मंगलवार १६:२१ बजे प्रकाशित





