वातावरणविद् शाक्यको निधन
वातावरणविद् शूर्यमान शाक्यको आज आज विहान शाक्यको निधन भएको छ।
ललितपुरको नक्खुस्थित मेडिसिटि अस्पतालमा उनको निधन भएको हो ।
उनि सो अस्पतालमा क्यान्सर रोगको उपचार गराईरहेका थिए । ६८ वर्षिय शाक्य लामो समयदेखि उपचारको क्रममा रहेका थिए ।
वातावरणका क्षेत्रमा लामो समय क्रियाशील रहेका शाक्य वरिष्ठ वातावरण ईन्जिनियरका रुपमा कार्यरत रहेका थिए ।
उनले वातावरण संरक्षण परिषदको सदस्य सचिवका रुपमा पनि कार्य गरेका थिए ।
उनले वातावरण पत्रकार समूहका विभिन्न गतिबिधिमा सक्रियतापूर्वक सहभागिता जनाउँदै आएका थिए ।
उनि संविधानविद वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यका माईला दाजु हुन ।
२० वैशाख २०७८, सोमवार १५:४६ बजे प्रकाशित













