निर्वाचन आयोग र सर्वोच्चलाई प्रचण्डको आग्रह : षड्यन्त्रलाई सफल हुन नदिइयोस्
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालत र निर्वाचन आयोगले संविधान र कानुन अनुसार फैसला गर्नुपर्ने बताएका छन् ।
पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरुलाई पूर्व पार्टीमा फर्काउने खेल भइरहेको बताए ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाको नामसम्बन्धी विवादको पेसी १४ गतेलाई तोकिएको सूचना आएको भन्दै उनले भने, ‘हामीलाई पूर्व पार्टीमा फर्काउन खोजिँदैछ । तर हामीले बमाइदा नेकपा दर्ता गरेका हौं ।’
उनले अघि भने, ‘सर्वोच्च अदालत होस् वा निर्वाचन आयोग, संविधानकानून अनुसार फैसला होस् । कुनै षड्यन्त्रलाई सफल हुन नदिइयोस् ।
९ पुस २०७७, बिहीवार १६:२५ बजे प्रकाशित













