आज गाई र गोरुपूजा

आज तिहार पर्व अन्तर्गत यमपञ्चकको तेस्रो दिन गाई गाई पूजा र गोवर्द्धन पूजा गरी मनाइँदै छ ।
यसपाली तिथीको घटबढका कारण दुवै पर्व एकैदिन परेको हो । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो । हिन्दु धर्ममा गाईलाई लक्ष्मीको अवतारको रुपमा लिइन्छ।
गाईको दूध, गहुँत र गोबर पवित्र पवित्र मानिन्छ । आजैका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ ।
कार्तिक कृष्ण औसीका दिन मनाइँने गाईपूजा र कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइँने गोरुपूजा आज मनाउन लागिएको हो । नेवार समुदायका व्यक्तिहरुले आज बेलुकी आत्म ९म्ह० पूजा गरी मनाउँदैछन् । आत्मा नै सबैभन्दा ठूलो हो भन्ने मान्यताअनुसार म्ह पूजा गर्ने परम्परा बसेको हो ।
३० कात्तिक २०७७, आइतवार ०८:०० बजे प्रकाशित