शुरु भयो तिहार : आज कागको पूजा

कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज मनाईदैछ । यमराजको दूतका रूपमा कागलाई मीठा– मीठा चिजबिज खान दिएर तिहारको पहिलो दिन काग तिहार मनाइन्छ ।

काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक शुरु भएको छ ।

आजदेखि भाइटीकासम्म नेपालीले दशैँपछिको दोस्रो ठूलो पर्वका रुपमा तिहार मनाउने गर्छन् । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतमले जानकारी दिए ।

कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन मीठा–मीठा खान दिई खुशी पार्ने गरिएको पनि उनले थपे । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ ।

२८ कात्तिक २०७७, शुक्रवार ०६:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु