काठमाडौंमा ८९४ मा कोरोना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९४ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६७३, ललितपुरमा १४६ र भक्तपुरमा ७६ जना कोरोना संक्रमित भेटिएका छन् ।
हाल काठमाडौं जिल्लामा सक्रिय संक्रमित १८ हजार ३७४, ललितपुरमा २५२० र भक्तपुरमा १५२० जना रहेका छन् । काठमाडौंमा १०५०१ जना, ललितपुरमा २४९५ जना र भक्तपुरमा १७१९ जना होम क्वारेन्टिनमा बसेका छन् ।
पछिल्लो २४ घण्टामा थप १७४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
११ कात्तिक २०७७, मंगलवार ०८:०० बजे प्रकाशित
						 



