गोकुल बाँस्कोटालाई रेल मन्त्री बनाउने तयारी
प्रधानमन्त्री केपी शर्मा ओलीले अब पुनर्गठन हुने मन्त्रिपरिषदमा गोकुल बाँस्कोटालाई पुनः मन्त्री बनाउने तयारी गरेका छन् ।
प्रधानमन्त्री ओलीले आफू निकट नेता र मन्त्रीहरुसँग बाँस्कोटालाई फेरि मन्त्री बनाउनु पर्नेमा जोड दिन थालेको बताइन्छ ।
निकटहरुले भने अख्तियारमा रहेको ७० करोड कमिसनको बार्गेनिङ काण्ड टुंगो लागेपछि मात्र मन्त्री बनाउन सुझाव दिएका छन् ।
स्रोतका अनुसार रेलमन्त्रीमा भने गोकुल बास्कोटा वा महेश बस्नेतमध्ये एकलाई नियुक्ति गर्नेमा प्रधानमन्त्री रहेका छन् ।
बाँस्कोटाले ७० करोड कमिसनको बार्गेनिङ गरेको अडियो बाहिरिएपछि राजीनामा दिएका थिए ।
मन्त्रिपरिषद पुनर्गठनबारे प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल जारी छ ।
१६ असोज २०७७, शुक्रवार १५:०४ बजे प्रकाशित





