यी हुन ५० घुस्याहा इन्जिनियर (नामसहित)
आर्थिक वर्ष २०७६-०७७ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वर्षभरिमा २ सय ७७ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
जसमा ५० जना इन्जिनियर मात्रै छन्। इन्जिनियरहरुमध्ये पनि सडक डिभिजन कार्यालयका प्रमुखहरु नै कारबाहीमा परेका छन् ।
कारबाहीमा सबैभन्दा बढी इन्जिनियर रहेको तथ्यांकले देखाएको छ।
डिभिजन सडक कार्यालय विराटनगर मोरङका तत्कालीन डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सीडीई जितेन्द्र कुमार चौधरी, डिभिजन सडक कार्यालय पोखराका कार्यालय प्रमुख हरि कुमार पोखरेल, सडक डिभिजन कार्यालय प्युठान प्रमुख सीडीई ध्रुवकुमार श्रेष्ठ, डिभिजन सडक कार्यालय जनकपुरका तत्कालीन कार्यालय प्रमुख सीडीई दिनेश अर्यालसहितका इन्जिनियर अख्तियारको कारबाहीमा परेका छन् ।
अख्तियारले विशेष अदालतमा सडक डिभिजन कार्यालय लहान सिरहाका इन्जिनियर नविनकुमार साह र सबइन्जिनियर वीरेन्द्र कुमार शाहलाई १५ लाख ९६ हजार, सडक डिभिजन लहान सिरहाका नियमित डिभिजन प्रमुख विन्दा साह भन्ने विनोद शाह ३ लाख, सडक डिभिजन कार्यालय प्युठान प्रमुख सीडीई ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जनउपर २० लाख, डिभिजन सडक कार्यालय जनकपुरका तत्कालीन कार्यालय प्रमुख सीडीई दिनेश अर्यालउपर १९ लाख ५० हजार ४ सय ४०, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरका इन्जिनियर भरतराज आचार्यलाई ३ करोड २१ लाख ६२ हजार बिगो रकमसहित मुद्दा दायर गरेको छ ।
इन्जिनियर मात्रै होइन, पूर्वाधार ओभरसियर र सर्भेयर समेत भ्रष्टाचार आरोपमा अख्तियारको कारबाहीमा परेका छन्।
इन्जिनियरहरुले पूर्वाधार निर्माणका कार्यमा घुस लिई गुणस्तरमा सम्झौता गर्ने गरेको आरोप लाग्दै आएको छ। आरोप मात्र नभई रंगेहात लाखौँ रकम घुससहित अख्तियारले पक्राउ गर्दै आएको छ।
नेपालमा उसै पनि सडक दुर्घटना बढ्दो क्रममा छ। पिच गरिएको केही हप्तामा उक्किने गरेका बग्रेल्ती उदाहरण छन्। इन्जिनियरहरु, सडकका हाकिमहरु नै भ्रष्टाचारमा पक्राउ पर्नुले उनीहरुले गुणस्तरमा सम्झौता गरिरहेका छन् भन्ने नै बुझिन्छ।
गत वर्ष पक्राउ परेका इन्जिनियरहरू (नामसहित)

१० असोज २०७७, शनिवार २२:४१ बजे प्रकाशित





