यी व्यवसायहरु १ महिना बन्द गराउन सिफारिस

निषेधाज्ञा खुलेपछि संक्रमणदर बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ठम्याई छ ।

हाल रेष्टुरेन्ट, बैकिङ सेवा, कार्यालयहरु शपिङ मल लगायतका व्यवसायहरु खुल्ला छन् तर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना हुन नसक्ने सेवा र व्यवसाय थप १ महिना बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरिसकेको छ ।

भेला, गोष्ठि, सेमिनार, क्लव, स्वीमीङ पुल, विद्यालय, पार्टी प्यालेस, सिनेमा हल लगायतका धेरै मानिस जम्मा हुने स्थान जहाँ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सकिदैन, ती स्थानहरु अझै १ महिना बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो ।

उहाँले चाडपर्वका समयमा हुने गरेका महोत्सव, मेला, हाटबजार खुला गर्न नदिन पनि सरकारलाई सिफारिस गरिएको बताउनुभयो ।

साथै, ठुला–ठुला शहर र घनावस्तीमा संक्रमण बढ्न थालेपछि २५ हजारभन्दा बढी सक्रिय संक्रमित स्वास्थ्य मन्त्रालयले लकडाउन गर्न सिफारिस गरेको छ ।

हालसम्म कुल ६९ हजार ३० संक्रमितमध्ये ५० हजार ४११ जना उपचारपछि निको भएका छन् भने ४५३ जनाको मृत्यु भएको छ ।

८ असोज २०७७, बिहीवार २०:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु