अध्ययन : रेष्टुरेन्टमा खाना खाने व्यक्तिमा कोरोना संक्रमित हुने खतरा दुई गुणा धेरै
BOLIVIA-HEALTH-VIRUS
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ९सिडिसी०ले हालै रेष्टुरेन्टमा खाना खाने व्यक्तिमा कोरोना संक्रमण हुने सम्भावनाका विषयमा गहन अध्ययन गरेको छ ।
अध्ययनमा रेष्टुरेन्टमा खाना खाने व्यक्तिमा कोरोना संक्रमण हुने सम्भावना दुई गुणा धेरै हुने पाइएको छ ।
डेलिमेलको रिपोर्ट अनुसार न्युयोर्कमा लामो समयसम्मको प्रतिबन्धपछि सेप्टेम्बर ३० देखि २५ प्रतिशत सिटसहित रेष्टुरेन्टभित्र खाना खाने अनुमति प्रदान गरिएको छ । फ्लोरिडामा ५० प्रतिशत ग्राहकसहित आजदेखि खुला गरिएको छ ।
सिडिसीको अध्ययनमा बसमा यात्रा गर्ने, कार्यालयमा जाने वा जिम जानेहरुमा भन्दा रेष्टुरेन्टमा खाना खाने व्यक्ति कोरोना संक्रमित हुने सम्भावना धेरै हुन्छ । सिडिसीले ३ सय १४ जना व्यक्तिमा अध्ययन गरेको जनाएको छ ।
रेष्टुरेन्टमा जाने ४१ प्रतिशत व्यक्तिमा कोरोना संक्रमण भएको पाइएको छ । बार र कफी हाउसमा जाने व्यक्तिमध्ये ७० प्रतिशतमा कोरोना संक्रमण पाइएको छ । केही महिनाअघिसम्म अमेरिकाका ४२ राज्यमा रेष्टुरेन्टमा खाना खानका लागि प्रतिबन्ध लगाइएको थियो । तर अहिले धेरै राज्यले विभिन्न सर्तसहित अनुमति प्रदान गरेका छन् ।
अमेरिकामा कोरोना संक्रमितको संख्या ६७ लाख भन्दा धेरै छ । त्यहाँ झण्डै २ लाख मानिसले ज्यान गुमाइसकेका छन् ।
३० भदौ २०७७, मंगलवार ०६:२८ बजे प्रकाशित





