माइतीघरमा घन्कियो नारा : कुलमान घिसिङलाई पुनः नियुक्ति गर, साला सम्धी खारेज गर,
माइतीघरमा घन्कियो नारा : साला सम्धी खारेज गर, कुलमान घिसिङलाई पुनः नियुक्ति गर ।
राष्ट्रिय झण्डासहित उपस्थिति युवाहरुको समूहले कुलमान नियुक्तिमा ढिलाइ भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।
उनीहरुले मैन बत्ती बलेर कुलमानको पक्षमा निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सरकारले आजको मन्त्रिपरिषद बैठकमा कुलमानलाई पुनः नियुक्ति गर्ने भनिएपनि ऊर्जा मन्त्रालयले प्रस्ताव पठाएको छैन । प्रधानमन्त्रीले ठाडो प्रस्ताव ल्याएको खण्डमा मात्रै कुलमानको सोमबार नियुक्ति हुने सम्भावना छ ।
जनस्तरबाट भने कुलमानलाई फेरि प्राधिकरणमा नियुक्ति गर्न सरकारमाथि दबाव छ । केही कलाकारहरुले पनि प्रत्येक दिन राती ८ बजे कुलमानका पक्षमा ५ मिनेट बत्ती भिएर सरकारलाई नियुक्तिको लागि दबाव दिन अभियान चलाउन आह्वान गरेका छन् ।
https://www.facebook.com/Janadeskhabar/videos/1511363455723346
२९ भदौ २०७७, सोमवार २०:५० बजे प्रकाशित





