गण्डकी प्रदेशमा दुई बालकसहित थप ४९ जनामा कोभिड १९ संक्रमित

गण्डकी प्रदेशमा थप ४९ जनामा कोभिड १९ संक्रमण देखिएको छ।

गण्डकी प्रदेशका कास्की, बाग्लुङ, तनहुँ, स्याङजा, नवलपरासी र पर्वत जिल्लामा कोभिड संक्रमित थपिएका हुन्। सबैभन्दा धेरै कास्की जिल्लाको पोखरा महानगरपालिकामा १९ जना संक्रमित थपिएका हुन्।

बाग्लुङमा ९, तनहँमा ३, स्याङ्जामा १२, पर्वतमा १ र नवलपरासीमा ५ जना संक्रमित थपिएका हुन्। नवलपरासीमा थपिएका दुई जना भने २ वर्षीय र ४ वर्षीय बालक रहेको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशका विनोद विन्दु शर्माले जानकारी दिए।

पोखरा महानगरपालिका १५ का संक्रमित २३ वर्षीय महिला पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा कार्यरत स्टाफ नर्स हुन्। त्यस्तै पोखरा महानगरपालिका १९ का २२ वर्षीय पुरुष पोखरामा र पर्वतका २८ वर्षीय पुरुष कुश्मा, पर्वतमा नेपाल प्रहरीमा कार्यरत छन्।

उनीहरु सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको छ। अहिलेसम्म गण्डकी प्रदेशमा २ हजार ७ सय २८ जनामा संक्रमण पुष्टि भइसकेको छ।

२५ भदौ २०७७, बिहीवार ०८:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु