तेलगु फिल्मका अभिनेता जयप्रकाशको निधन

दक्षिण भारतीय फिल्मका अभिनेता जयप्रकाश रेड्डीको निधन भएको छ।

७४ वर्षीय रेड्डीको ह्दयघातका कारण आज (मंगलबार) बिहान आंध्र प्रदेशमा रहेको उनकै निवासमा मृत्यु भएको हो ।

उनको निधनप्रति तेलगु फिल्ममा अपुरणीय क्षति पुगेको भन्दै भारतीय नेता र कलाकालहरुले दुःख ब्यक्त गरेका छन् ।

आंध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले संवेदना ब्यक्त गर्दै तेलगु फिल्मका दिग्गज कलाकार अस्ताएको भन्दै दुःख व्यक्त गरेका छन्।

२३ भदौ २०७७, मंगलवार ११:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु