कोरोनाबाट काठमाडौंका ३ सहित ३११ जनाको मृत्यु (विवरणसहित)

कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा काठमाडौंका ३ सहित ११ जनाका मृत्यु भएको छ ।

यससँगै मृतकको कुल संख्या ३०० पुगेको स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

मृतकमा मोरङका ७६ वर्षीय पुरुष रहेका छन् भने सिरहाका ८७ र ६२ वर्षीय पुरुष रहेका छन् । यसैगरी सर्लाहीका ३५ वर्षीय पुरुष, दोलखाका ६९ वर्षीय पुरुष तथा मकवानपुरका पनि ३९ वर्षीय पुरुष रहेका छन् ।

यसैगरी काठमाडौंका ३७, ९० र ८३ वर्षीया महिला रहेका छन् भने कास्कीकी ६३ वर्षीया महिलाको पनि मृत्यु भएको छ। यस्तै बाँकेका ५९ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

२२ भदौ २०७७, सोमवार १७:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु