नेप्सेमा भारी गिरावट, सोमबार राताम्मे

आज सोमबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ १२.७ अंकले घटेको छ ।

कारोबारको सुरुमा केही समय उकालो लागेको नेप्से परिसूचक ४ घण्टाको अन्तिम सम्म आउँदा ०.८१ प्रतिशतले घटेको छ ।

आज १४९९.८ को बिन्दुबाट सुरु भएको कारोबार ३ बजे सम्म आउँदा १४८७।८१ को बिन्दुमा पुगेको छ ।

त्यस्तै, आज कारोबारमा आएका १२ उपसमूह मध्ये ४ उपसमुह भने हरियोमा नै कायम रहेका छन ।

आज कारोबारमा अन्तिम समयसम्म आएका १९२ कम्पनीको ५५ लाख ९० हजार ६६५ कित्ता शेयर २८ हजार ३३ पटक खरिद विक्री हुदाँ २ अर्ब १६ करोड २२ लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

२२ भदौ २०७७, सोमवार १५:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु