गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६ सय नजिक
गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार बिहान क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा थप ६७ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोदविन्दु शर्माले जानकारी दिए।
निर्देशक शर्माका अनुसार थपिएका नयाँ संक्रमितमा कास्कीको पोखरा महानगरपालिकाका मात्रै ३१ जना रहेका छन्। त्यस्तै नवलपरासी सुस्तापूर्वका १५, गोरखाका १८, तनहुँका ३ जनामा पनि संक्रमण पुष्टि भएको छ।
निर्देशक शर्माले संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङबाट पक्ता लागेको जानकारी दिए।
संक्रमितहरुमध्ये पोखराका २ जना मेडिप्लस अस्पतालमा उपचाररत २ जना बिरामी रहेका छन् भने ४ जना पोखराको पृथ्वीचोकमा रहेको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत रहेका छन्।
त्यस्तै पोखरा फूड्स प्रालिमा कार्यरत १७ महिला र ८ जना पुरुष पनि संक्रमित भएको निर्देशक शर्माले जानकारी दिए। संक्रमित सबैलाई आइसोलेसन लैजाने तयारी भइरहेको छ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५९८ पुगेको छ।
२२ भदौ २०७७, सोमवार ११:४३ बजे प्रकाशित




