विद्यालयलाई प्रविधिमैत्री बनाउन सफ्टवेयर सहयोग गर्दै एनआईसी

एनआईसी एसिया बैंकले सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाउन ब्राइट स्कूल सिस्टम नामक सफ्टवेयर सहयोग गरेको छ ।

यसअन्तर्गत प्रदेश ५ का १९ विद्यालयमा सफ्टवेयर हस्तान्त्रण गरिएको बैंकले जनाएको छ ।

बैंकले सुनवल नगरपालिकाका १७, बुटवल उपमहानगरपालिका र रिब्दीकोट गाउँपालिकाका १र१ गरी १९ वटा सामुदायिक विद्यालयलाई सफ्टवेयर प्रदान गरेको हो ।

सामुदायिक विद्यालयहरूको परम्परागत शैक्षिक प्रणालीलाई आधुनिकीकरण गरी प्रविधिमैत्री वातावरण बनाउनुपर्ने आवश्यकतालाई सम्बोधन गर्न बैंकले यो सफ्टवेयर प्रदान गरेको उल्लेख गरेको छ ।

यो सफ्टवेयरमा विद्यालय नीति, हाजिरी, भुक्तानी सेवा, स्मार्ट कक्षा, अभिभावक मञ्जुरी फारम, रिपोर्ट कार्ड, शुल्क सूची, सार्वजनिक विदाहरू, विद्यार्थीहरूको गृहकार्य, परीक्षा तालिका, खेलकुद कक्षा, सूचना लगायतका सुविधा रहेको छ ।

यो सफ्टवेयरबाट करिब २५ हजार विद्यार्थी तथा अभिभावकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

२१ भदौ २०७७, आइतवार १४:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु