टेलिकमकको सस्तो डेटा प्याक, २०० रुपैयाँमै १० जीबी

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आकर्षक डेटा प्याक सार्वजनिक गरेको छ ।

कम्पनीले कोरोना भाइरसको महामारीको समयमा घरभित्रै बस्न आग्रह गर्दै स्टे कनेक्टेड प्याक ल्याएको हो ।

टेलिकमले सार्वजनिक गरेको यो डेटा प्याकमा प्रयोगकर्ताले २०० रुपैयाँमै १० जीबी डेटा प्राप्त गर्न सक्नेछन् ।

दुई जीबी नियमित प्याकेजमा कम्पनीले आठ जीबी डेटा फोरजी नेटवर्कका लागि बोनस स्वरुप उपलब्ध गराएको छ ।

सात दिनसम्म प्रयोग गर्न सकिने यो प्याकेजको डेटा मध्ये आठ जीबी फोरजी नेटवर्कमा बोनसको रुपमा उपयोग गर्न सकिने र बाँकी दुई जीबी जुनसुकै नेटवर्कमा प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ ।

त्यस्तै कम्पनीले सय रुपैयाँमै चार जीबी डेटाको अर्को प्याकेज समेत ल्याएको छ । जसमध्ये एक जीबी जुनसुकै नेटवर्कमा प्रयोग गर्न मिल्नेछ भने बोनस स्वरुप प्राप्त हुने तीन जीबी डेटा फोरजी नेटवर्कमा मात्र प्रयोग गर्न मिल्नेछछ ।

यसरी प्राप्त चार जीबी डेटा पाँच दिनसम्म प्रयोग गर्न सकिनेछ ।

स्टे कनेक्टेड प्याक अन्तर्गतको डेटा त्यसको अवधिभर जुनसुकै बेला जुनसुकै सेवाका लागि प्रयोग गर्न सकिनेछ टेलिकमले जनाएको छ ।

कम्पनीका प्रयोगकर्ताले ८ज्ञद्धज्ञछ३ डायल गरी यी दुवै डेटा प्याकेज रोजेर खरिद गर्न सक्नेछन् ।

कम्पनीको यो प्याकेज यस अघिको लकडाउनमा जारी अफरकै निरन्तरता स्वरुप उपलब्ध छ ।

१९ भदौ २०७७, शुक्रवार ११:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु