बुटवलमा ७८ वर्षीय वृद्धको कोरोनाले मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं। ८ का ७८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

भदौ ४ गते अस्पताल भर्ना भएका ती ७८ वर्षीय पुरुषको ९ दिनदेखि भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेकामा आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए ।

संक्रमित पुरुषमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको डा। गौतमले जानकारी दिए ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल मातहत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या १० जना पुगेको छ ।

अस्पतालको फिबर क्लिनिकको आइसोलेसनमा २ जनाको मृत्यु भएको छ ।

१९ भदौ २०७७, शुक्रवार १०:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु