कोरोनाबाट एकैदिन ९ जनाको मृत्यु, १२२८ संक्रमित थपिए

विहीबार कोरोना भाइरस कोभिड –१९ बाढ ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको जानकारी दिएका थिए । साँझसम्म थप ३ जनाको मृत्यु भएको हो ।

यो संगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या २६० पुगेको छ।

गौतमका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ९१७ जना डिस्चार्ज भएका छन्।

योसँगै कोरोना जित्नेको संख्या भने २४ हजार २०७ पुगेको छ।

१२ सय २८ संक्रमित थपिए

बिहीबार मात्र १२ सय २८ जनामा कोरोना पुष्टि भएको छ। बुधबार मात्रै ११ सय २० जनामा संक्रमण देखिएको थियो। बिहीबार नयाँ संक्रमितमा ३९४ महिला र ८३४ पुरुष छन्।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौंका ३५७, भक्तपुरका ४२ र ललितपुरका ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता गौतमले पुष्टि गरेका हुन्।

१८ हजार ४१३ कोरोनाका सक्रिय संक्रमित छन्।

यस्तै मन्त्रालयका अनुसार १० हजार ६७१ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ७४२ छन्।

क्वारेन्टाइनमा ६ हजार ७४९ जना रहेका छन्।

मन्त्रालयका अनुसार २४ घन्टामा १३ हजार ४१३ पीसीआर परीक्षण भएका छन्।

१२ जिल्ला उच्च जोखीममा

नेपालका १२ जिल्लाहरुमा ५ सय भन्दा बढी कोरोना संक्रमितहरु उपचाररत् रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रवक्ता गौतमका अनुसार मोरङ, सुनसरी, धनुषा, बारा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, काठमाडौँ, ललितपुर, चितवन र रुपन्देहीमा ५ सय भन्दा बढी संक्रमित रहेका छन्।

जोखीम कम भएका ६ जिल्ला

नेपालका ६ जिल्लामा हाल सक्रिय कोरोना संक्रमत नरहेको पाइएको छ ।

बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बिभिन्न ६ वटा जिल्लामा कोरोना सकmमण नरहेको जानकारी दिए।

उनका अनुसार ताप्लेजुङ, सोलुखुम्ब, डोल्पा, मुस्ताङ, मुगु र हुम्लामा शून्य सक्रिय संक्रमित रहेका छन्।

१८ भदौ २०७७, बिहीवार १९:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु