गोंगबु हत्याकाण्ड : हत्यारा महिलालाई थुनामा राख्न अदालतको आदेश

एक महिनाअघि गोंगबु हत्याकाण्डका आरोपी कल्पना पौडेल मुडवरीलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ।

बिहीबार जिल्ला अदालत काठमाडौँले मुडवरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

यस्तै हत्यामा संलग्न रहेकी मुडवरीको छोरीलाई भक्तपुरस्थित बालसुधार गृह भक्तपुर, सानोठिमी पठाएको छ ।

मुडवरीकी छोरी नाबालिका भएको कारण सुधार गृह पठाइएको अदालतले जनाएको छ ।

१८ भदौ २०७७, बिहीवार १६:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु