मोबाइल बोक्ने सबैले डिजिटल कारोबार गर्ने प्रणाली बन्नुपर्छ

कोभिड १९ को महामारीपछि नेपालमा डिजिटल भुक्तानी बढिरहेकाले मोबाइल बोक्ने सबै नेपालीले डिजिटल कारोबार गर्ने प्रणालीको विकास हुनुपर्ने नेपाल इलेक्ट्रोनिक पेमेन्ट सर्भिस ९नेप्स० का प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सञ्जीव सुब्बाले बताएका छन्।

आर्थिक पत्रकार समाज (सेजन) ले बुधबार आयोजना गरेको भर्चुअल बैठकमा सुब्बाले भुक्तानी प्रणालीको विकास तीव्र गतिमा भइरहेकाले ई–कमर्श र खुद्रा कारोबारलाई पनि डिजिटलमा रुपान्तरण गर्नुपर्ने बताए।

मोबाइल फोन प्रयोगकर्ता सबैले डिजिटल भुक्तानी गर्ने हो भने छिटै नगदरहित कारोबार बढाउन सहज हुन्छू, उनले भने, नगदरहित कारोबारलाई सघाउन ई–कमर्श प्लेटफर्महरुलाई डिजिटल भुक्तानीमा रुपान्तरण गर्न आवश्यक छ।

साना तथा मझौला उद्यमी, पसल तथा घरेलु उद्यमीलाई डिजिटल भुक्तानीमा लैजान सके नगदरहित कारोबार बढाउन सहज हुने उनको भनाइ थियो।

अहिले विभिन्न ई–कमर्शको प्लेटफर्म प्रयोग गरेर विद्युतीय माध्यमबाट सामान खरीद गर्न आदेश दिने तर भुक्तानी भने नगदमा गर्ने अवस्था रहेको भन्दै यस्तो परिपाटीले नगदरहित कारोबारलाई सघाउ नपुर्‍याउने दाबी समेत उनले गरे।

प्रविधिको प्रयोग बढाउन त्यसको लागत घटाउने तथा बजार विस्तार गर्दै जानुपर्ने हुन्छू, सुब्बाले भने, यसका लागि सबैभन्दा राम्रो उपाय साना तथा मझौला उद्यमी र घरेलु व्यवसायमा हुने खुद्रे भुक्तानीलाई डिजिटलमा रुपान्तरण गर्नु हो।

डिजिटल भुक्तानीले एकातिर पारदर्शिता ल्याउँछ भने अर्कातिर पैसाको प्रवाह निकै तीव्र पार्ने र तरलता बढाउने उनको बुझाइ छ। मुद्राको तरलता बढ्दा अर्थतन्त्रको विस्तारमा पनि योगदान पुग्ने उनले बताए।

सुब्बाले ३ करोड जनसंख्या भएको मुलुक व्यापार र भुक्तानीको हिसाबले ठूलो संभावना बोके पनि डिजिटल भुक्तानीको अवस्था भने कम रहेको बताए।

उनका अनुसार, कोरोना भाइरसको महामारीले भुक्तानी प्रणालीको महत्वलाई अझै धेरै बढाएको छ। त्यसमा नेपालले गरेको अभ्यासमध्ये वालेटमा एक किसिमको हस्तक्षेपकारी नतिजा आइसकेको छ।

यस्तै, डिजिटल भुक्तानीमा हरेक ब्यांकले आफ्नो मोबाइल ब्याङ्किङ सुविधा ल्याइसकेकाले यो फैलिंदो क्रममा रहेको उनको भनाइ छ।

१८ भदौ २०७७, बिहीवार १२:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु