उपत्यकामा निषेधाज्ञा थप्ने र नथप्नेबारे तीन जिल्लाका सीडीओ छलफल
काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्नेरनथप्नेबारे काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूबीच छलफल भएको छ। उनीहरूबीच अहिले भर्चुअल छलफल चलिरहेको छ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले छलफलबाट आएको निष्कर्षलाई आजै गृह मन्त्रालयमा पठाइने बताइन्।
“हाम्रो छलफलको निष्कर्ष गृहमा पठाउँछौँ, गृहबाट आएको सुझावको आधारमा भोलि फेरि छलफल गरेर निर्णय गर्छौँ”, पाण्डेले हिमालखबरसँग भनिन्।
काठमाडौं उपत्यकामा पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि भोलि राति १२ बजे सकिँदैछ। उपत्यकामा ३ भदौ मध्यरातदेखि निषेधाज्ञा जारी छ। कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेपछि निषेधाज्ञा जारी गरिएको थियो।
पहिलो पटक जारी गरेको निषेधाज्ञा सकिएपछि १० भदौ रातिदेखि थप एक साताका लागि निषेधाज्ञा थपिएको थियो।
१६ भदौ २०७७, मंगलवार १५:१४ बजे प्रकाशित





